back
NMB Ad

असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो   

Nepal Bank

काठमाडौँ, ४ असोज : यही असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आज पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनीका लागि अधिकांश स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको सङ्घका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिनुभयो ।

“आर्थिक गतिविधि सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ”, अध्यक्ष अग्रवालले भन्नुभयो ।

फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसेरेनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायतका सयभन्दा बढी स्टल प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवर्द्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ ।

पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ब्राण्डको सहभागिता रहनेछ । प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ ।

वि.सं.२०८० असोज ५ शुक्रवार ०६:४६ मा प्रकाशित

You can share this post!

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:४२

बैंकक, थाईल्याण्ड : चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ...

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...