back
NMB ad

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

Kumari bank ad

काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति दिने भएको छ । चर्चित भारतीय गायक निरज श्रीधर आफ्नो सांगितिक समूह बम्बे भाइकिङ्गसहित नेपाल आउन लागेका हुन् ।

विश्वको ४९ औँ उत्कृष्ट नाइट क्लब लर्ड अफ ड्रिंक्समा चर्चित गायक निरज श्रीधर आफ्नो ब्यान्ड सहित सांगितिक प्रस्तुति दिनेछन् । एल एण्ड एन मोडेल एजेन्सी तथा ३६५ मिडिया एण्ड इभेन्टसले संयुक्त रुपमा बम्बे भाइकिङ्गसलाई नेपालमा प्रस्तुत गर्न लागेका हुन् । आयोजकका अनुसार गायक श्रीधरले यही असोज १३ गते शनिबार आफ्नो ब्यान्डसहित सांगितिक प्रस्तुति दिनेछन् ।

गायक निरज श्रीधरको दर्जनौँ गीतहरु लोकप्रिय छन् । गायक श्रीधरको चर्चित गीतहरुमध्ये वो चली वो चली देखो प्यारकी गली, हरे राम हरे राम हरे कृष्ण हरे राम, तेरी आँखे, भुलभुलैया, चोर बजारी, तुम मिले, क्यारेक्टर ढिला है, चाँदनी चोक टु चाइना, लभ मेरा हिट हिट, कलर ट्युन, नाचेङ्गे सारी रात, गोलमाल, छोड दो आँचल जमाना क्या कहेगा लगायत बहुचर्चित गीत संगीत रहेका छन् ।

चर्चित गायक निरज श्रीधरको गीतसंगीत युवामाझ लोकप्रिय छन् । एल एण्ड एन मोडेल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थका अनुसार हामीले चरणबद्ध रुपमा कार्यक्रम भव्य कसरी बनाउन सकिन्छ भनेर छलफल गरेका छौँ । प्रस्तुतिको टिकट इ–सेवा मार्फत काट्न सकिने ३६५ मिडिया एण्ड इभेन्टसका प्रमुख कार्यकारी अधिकृत नारायण आचार्यले जानकारी दिनुभयो ।

आयोजकका अनुसार फिजिकल टिकट काठमाडौंको विभिन्न स्थानबाट लिन सकिने जनाइएको छ । काठमाडौंको दरबारमार्ग स्थित डबल डेकर लाउन्ज, लाजिम्पाट स्थित नुवाड थाई स्पा, ठमेल स्थित लुना रेस्टुरेन्ट एण्ड बारबाट टिकट लिन सकिने जनाइएको छ ।

वि.सं.२०८० असोज ७ आइतवार १६:५६ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...