back

भव्य फ्यान फेस्टसहित रियलमीले गर्योे रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

Kumari bank ad

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ । नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले भन्नुभयो,“हाम्रो रियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामी हर्षविभोर भएका छौँ । हाम्रो लागि यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनि हो । तपाईंहरुको अटुट विश्वासले टेक्नोलोजी, डिजाइन र अफोर्डेबिलिटिमा प्रत्येक दिन प्रगति गर्दै जाने हाम्रो प्रतिवद्धतालाई हौसला दिएको छ । यी नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि त्यही प्रतिवद्धताको प्रमाण हुन् । यी दुवै मोडलहरुमा हामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिएका छौँ । नेपाली युवा ग्राहकहरुले रियलमीप्रति जुन वफादारिता र लगाव देखाउनुभएको छ, त्यसैको सम्मानस्वरुप हामीले यो फ्यान फेस्ट आयोजना गरेका छौँ । आशा छ तपाईंहरु सबैले आफ्ना साथीभाइ र परिवारजनसँग भरपुर मनोरञ्जन लिनुहुनेछ ।”

रियलमी ११ एक्स फाइभ जिका मुख्य फिचरहरु :
रियलमी ११ एक्स फाइभ जिमा मिडियाटेकको उच्च स्तरको ६लm डाइमेन्सिटी ६१००+क्यऋ पावरफुल चिपसेट रहेको छ । डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जिबिसम्म बढाउन मिल्छ । फाइभ जि कनेक्टिभिटि सहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले २९ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।

क्यामराको कुरा गर्नुपर्दा यसमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपिको एआइ क्यामरा राखिएको छ जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन्छ । २ह इन–सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम क्वालिटी पनि राम्रो रहेको छ । त्यस्तै यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो– लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ ।
५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको यस रियलमी ११ एक्समा एकचोटि फुल चार्ज गरेपछि दिनभरी आरामसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

६.७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी+ आइपिएस स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ ।

अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन् ।

रियलमी ११ फाइभ जिका मुख्य फिचरहरु :
रियलमी ११ फाइभ जिमा मिडियाटेकको डाइमेनसिटी ६लm ६१००+ को पावरफुल चिपसेट रहेको छ जुन नयाँ हुनुको साथै उच्च स्तरको हो । यसमा भएको ८ जिबि ¥यामलाई डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर १६ जिबिसम्म बढाउन मिल्छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले १७ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।

१०८ मेगा पिक्सेलको सामसँग आइसोसेल एच्एम्६ प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप सहित आउने यस रियलमी ११ फाइभ जिमा सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ ।

६.७२ इन्चको फुलएचडी प्लस आइपिएस् स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यो डिस्प्लेमा २४० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ । अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, जाइरो सेन्सर, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन् । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।
मुल्य

८/१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभ जिको मुल्य रु.२९,९९९ र ८/२५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभ जिको मुल्य रु.३९,९९९ रहेको छ ।

रियलमी ११ फाइभ जि आकर्षक ग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्ध छ भने रियलमी ११ एक्स फाइभ जि आकर्षक मिड नाइट ब्ल्याक र पर्पल डाउनमा उपलब्ध छ । दुवै स्मार्टफोनहरु देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरु मार्फत उपलब्ध हुनेछन् ।

वि.सं.२०८० असोज ७ आइतवार १७:१७ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...