back

डेङ्गु सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट चिकित्सक परिचालन   

Kumari bank ad

दमौली (तनहुँ), ९ असोज : विगत केही समयदेखि दमौलीमा डेङ्गुका बिरामी बढेपछि गण्डकी प्रदेश सरकारले पाँच स्वास्थ्यकर्मी दमौली अस्पताललाई उपलब्ध गराउने भएको छ ।

दमौली अस्पतालमा डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेको र अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि प्रदेश सरकारले पाँच जना स्वास्थ्यकर्मी परिचालन गरेको हो ।

प्रदेश सरकारबाट एक जना एमडिजिपी चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मी दमौली अस्पतालमा उपलब्ध गराउन लागिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारका अतिरिक्त सङ्घीय सरकारबाट पनि चिकित्सकको टोली आउने कुरा भएको छ । डेङ्गु नियन्त्रणका लागि सङ्घ, प्रदेश सरकार, जनप्रतिनिधि गम्भीर भएर लागेको र सोहीअनुसार प्रतिबद्धता आएको छ ।”

डा बरालका अनुसार सोमबारसम्म अस्पतालमा छ सय ४६ जनाको परीक्षण गरिएकामा चार सय ३६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएर अस्पताल आउनेको सङ्ख्या बढेको बताउँदै उहाँले सोमबार राति मात्रै ४२ जना इमर्जेन्सीमा भर्ना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँहरू आज बिहानै डिस्चार्ज भइसक्नुभएको छ । अस्पतालमा बिहानको समयमा भीड हुने गरेको छ । जनचेतनाका कारण ज्वरो आउने बित्तिकै बिरामी अस्पताल आउन थाल्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

जिपीमा दश शय्याको डेङ्गु उपचार कक्ष    

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले दश शय्याको डेङ्गु उपचार कक्ष बनाएको छ । डेङ्गु सङ्क्रमितको सहजरूपमा उपचारका लागि अस्पतालले दश शय्याको छुट्टै कक्ष बनाएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हालसम्म तीन सय १८ जनाको परीक्षण गरिएकामा ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । आज छ जना बिरामी कक्षमा भर्ना छन् । गम्भीर अवस्थाका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले डेङ्गु नियन्त्रणका लागि सचेतनाका कार्यक्रम अगाडि बढाइए पनि न्यूनीकरण हुन नसकेको बताउनुभयो । उहाँका अनुसार आजसम्म जिल्लाभर एक हजार नौ सय ९४ जनामा डेङ्गु सङ्क्रमण भएको छ । त्यसमध्ये व्यास नगरपालिकामा मात्रै एक हजार छ सय ९० सङ्क्रमित छन् ।

वि.सं.२०८० असोज ९ मंगलवार २०:१६ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...