back

कीर्तिमानले भरियो नेपाल र मङ्गोलियाबीचको खेल   

Kumari bank ad

काठमाडौँ, १० असोज: चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगितामा आज विहान सम्पन्न नेपाल र मङ्गोलियाबीचको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हात पारेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ओभरमा ३१४ रन बनाउने क्रममा विभिन्न कीर्तिमान कायम गर्‍यो ।

नेपालले बनाएको ३१४ रनको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्मकै सबैभन्दा उच्च योगफल हो । यसअघि यो कीर्तिमान सन् २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध देहरादुनमा बनाएको थयो । उक्त खेलमा अफगानिस्तानले तीन विकेटको क्षतिमा दुई सय ७८ रन बनाएको थियो ।

नेपालको विशाल योगफल बनाउने क्रममा कुशल मल्लले पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ३४ बलमै शतक प्रहार गरेका थिए । कूल ५० बलमा खेलेका मल्लले १२ छक्का र आठ चौका प्रहार गर्दै १३७ रन बनाउँदै नटआउट रहे ।

यसै खेलमा दीपेन्द्र सिंह एरीले पनि सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा नाम लेखाएका छन् । उनले ९ बल खेल्दै ५० रन बनाएका थिए । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।

कुशल टी२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् । मल्ले १९ वर्ष २०६ दिनको उमेरमा शतक प्रहार गरेका हुन् । सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने कीर्तिमान भने गुस्तव मेक्कोनको नाममा छ ।

साथै टी२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रन अन्तरले पराजित गर्ने कीर्तिमान नेपालले बनाएको छ । नेपालले मङ्गोलियालाई २७३ रनले पराजित गरेको छ । यसअघि यो कीर्तिमान चेक रिपब्लिकले राखेको थियो । चेक रिपब्लिकले पानामालाई सन् २०२१ मा २०८ रनले पराजित गरेको थियो ।

आजको खेलमा अर्धशतक प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले स्ट्राइक रेटमा पनि नयाँ कीर्तिमान कायम गरेका छन् । उनले १० बलमा ५२ रन प्रहार गर्दै ५२० को स्ट्राइक रेट बनाएका छन् । दश बलभन्दा बढी खेल्ने कुनै पनि खेलाडीले हालसम्म ५०० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाएका छैनन् । यसअघि सन् २०१६ मा जिम्बाबेको घरेलु टी२० प्रतियोगितामा माल्क्लोम वालरले ४३० को स्ट्राइक रेटमा रन बनाएका थिए ।

नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्काले पनि नयाँ कीर्तिमान कायम गरेको छ । यसअघि सन् २०१९मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध, यसै वर्षको सुरुवातमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।

वि.सं.२०८० असोज १० बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...