back

छुट्ला है, यी पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Nepal Bank

काठमाडौं । पाँच म्युुचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन हो । जसमा नगद लाभांश वितरण प्रयोजनका लागि ‘एनएमबि ५०’, ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ र प्रभु सेलेक्ट फन्डले असोज १२ गते शुक्रबार बुक क्लोज गर्दैछन् ।

असोज ११ गते बिहीबार इन्द्र जात्रा परेको छ । यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुन्छ । उपत्यका विदामा नेप्से तथा सेयर बजार बन्द हुन्छ । यसआधारमा आजसम्म कायम इकाईधनीले मात्र यी तीन म्युचुअल फन्डले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । ‘एनएमबि ५० र ‘एनएमबि हाइब्रिड फन्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछन् ।

प्रभु सेलेक्ट फन्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ९.५० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यस्तै, सानिमा इक्विटी र सनराइज फस्र्ट म्युचुअल फन्डको पनि लाभांश सुरक्षित गर्ने पनि आज असोज १० गते अन्तिम दिन हो ।

नगद लाभांश वितरण प्रयोजनका लागि यी फन्डले असोज १४ गते आइतबार बुक क्लोज गर्दैछन् । तर, असोज १३ गते शनिबार, १२ गते शुक्रबार र बिहीबार असोज ११ गते इन्द्र जात्रा परेको छ । सो दिन नेप्से तथा सेयर बजार बन्द हुन्छ।

तसर्थ, आजसम्म कायम इकाईधनीले मात्र यी दुई म्युचुअल फन्डले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । सानिमा इक्विटी फन्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १८ प्रतिशत र सनराइज फन्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।

वि.सं.२०८० असोज १० बुधवार १२:२१ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...