back

सन्दर्भ पर्यटन दिवसः बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार   

Kumari bank ad

ढोरपाटन (बागलुङ), १० असोजः हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक तथा पर्यटकीय क्षेत्रबारे धेरै चर्चा गरिए पनि अन्य दिन सरोकारवालाले त्यति ध्यान दिएको पाइँदैन । बागलुङका थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु अहिले पनि ओझेलमा छन् । चर्चामा रहेका केही गन्तव्यहरुमा भने पूर्वाधार निर्माण नहुँदा पर्यटनमैत्री बन्नसकेका छैनन् ।

प्राकृतिक सौन्दर्यले भरिएका पर्यटकीय ठाउँसँगै मानव निर्मित धार्मिक स्थल पनि बढ्दै गएका छन् । ती स्थलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पनि आगमन राम्रै भए पनि सम्बन्धित निकायले भौतिक पूर्वाधारमा लगानी गर्न नसकेको गुनासो बढेको छ । बागलुङ बजार नजिकै बागलुङ कालिका, सर्वसिद्धि धाम पञ्चकोट, सालिग्राम सङ्ग्राहलय, विश्वको सबैभन्दा लामो भनिएको झेलुङ्गे पुल छन् । यी ठाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्यै छ । प्राकृतिक सौन्दर्यले भरिएको ढोरपाटन, गाजाको दह, रिगताल, घुम्टे, नरसिंहकोट, बराह ताललगायत ठाउँमा भने कम मात्रै पर्यटक पुग्ने गरेको पाइन्छ । यी ठाउँसम्म पुग्ने पदमार्ग तथा सडक व्यवस्थित नहुँदा पर्यटक कम पुग्ने गरेका हुन् ।

जिल्ला सदरमुकाम वरपर रहेका मानव निर्मित गन्तव्यमा भौतिक पूर्वधारले सम्पन्न र सहज पहुँच मार्गका कारण पर्यटक बढ्ने गरेको पाइन्छ । बजारभन्दा टाढा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुन नसक्दा धेरै पर्यटक पुग्न नसकेको होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो ।

“बागलुङका धेरै पर्यटकीय ठाउँ अहिले पनि ओझेलमा छन्, तिनीहरुको प्रचारप्रसार गर्न सके धेरै पर्यटक बागलुङमा ल्याउन सकिन्छ, यति धेरै सम्भावना बोकेका ठाउँ छन् तर त्यहाँ व्यवस्थित संरचना बन्न सकेको छैनन्, सडकको अवस्था बेहाल छ, प्रचारप्रसारमा कसैको ध्यान छैन अनि कसरी पर्यटक पुग्न सक्छन् ?,” उहाँले भन्नुभयो – “पर्यटक आकर्षणका लागि पहिले त पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ, त्यहाँसम्म पुग्ने सडक र पदमार्ग निर्माण गर्नुपर्छ, बास बस्न, खान र पर्यटकले रुचाउने अन्य विषयमा ध्यान दिन जरुरी हुन्छ ।”

पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले अहिलेसम्म पर्यटन बोर्ड र सरकारबाट आउने बजेट समन्वय नगरी आउने हुँदा पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउनुभयो । यस समितिले अब पर्यटन बोर्डलगायत अन्य निकायसँग सहकार्य गरेर यहाँको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरिने उहाँको भनाइ थियोे ।

“पर्यटकीयस्थल भएर मात्रै भएन, त्यहाँसम्म पुग्ने सडक, पदमार्ग, शौचालय, खानेपानी तथा बासस्थानको सुविधा मिलाउन, लुकेर रहेका गन्तव्यको पहिचान गर्न र अहिले चर्चामा रहेका ठाउँको विकास गर्न सरकारसँग सहकार्य गर्छौँ” अध्यक्ष खड्काले भन्नुभयो– “पर्यटन बोर्डसँग पनि सहकार्य गर्ने तयारीमा छौँ, अब जिल्लाको पर्यटन विकासका लागि ठाउँ–ठाउँका घरबासलाई व्यवस्थित गर्ने, होटल व्यवसायीलाई प्रोसाहित गर्ने र पर्यटन भित्र्यउन कसरी सकिन्छ त्यसतर्फ ध्यान दिएका छौँ ।”

बागलुङमा तीनवटा राष्ट्रिय राजमार्ग पर्छन् । तीनवटै राजमार्गले यहाँका पर्यटकीय क्षेत्रलाई जोडेका छन् । मध्यपहाडी लोकमार्गले पूर्व कालिका मन्दिरदेखि पश्चिम पातिहाल्ने, रिगताल जोडेको छ । कालीगण्डकी कोरिडोरले पनि बञ्जी जम्पलगायत गन्तव्यलाई जोडेको छ ।
तराई पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले गङ्गरे, नरसिंहकोट र ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई जोडेको छ । यी मुख्य सडक कालोपत्र भए जिल्लामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ ।

वि.सं.२०८० असोज १० बुधवार १४:४१ मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...