
काठमाडौं । हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव अगाडि बढाएको छ । सोही प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानगरपालिका-७ मा बिहान ११ बजे सुरु हुनेछ ।सभामा यस कम्पनीले आइपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
वि.सं.२०८० असोज १० बुधवार १४:४८ मा प्रकाशित