back

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

Kumari bank ad

गण्डकी, ११ असोज : साझा प्रकाशनको केन्द्र र देशभरका शाखा कार्यालयमा गत आइतबारदेखि पुस्तक प्रदर्शनी चलिरहेको छ । पुस्तक किन्दा छुट सुविधा पाएपछि प्रदर्शनीमा पाठकको आकर्षण बढेको छ । प्रदर्शनी यही असोज २२ गतेसम्म चल्ने साझा प्रकाशनको पोखरास्थित शाखा कार्यालयका प्रमुख जीतेन्द्र लावतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तक बिक्रीमा न्यूनतम ३० देखि बढीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । विसं २०४० अघि प्रकाशित पुस्तकमा ५० प्रतिशत, विसं २०४० देखि विसं २०५० को बीचमा प्रकाशित पुस्तकमा ४० प्रतिशत र विसं २०५० यता प्रकाशित भएका पुस्तकमा ३० प्रतिशत छुट दिइएको प्रमुख लावतीले बताउनुभयो ।

प्रदर्शनीमा साझा र अन्य प्रकाशनका पुस्तक राखिएको छ । “साझा र अन्य प्रकाशनका पुस्तकको प्रदर्शनीकक्ष छुट्टाछुट्टै छ, उपन्यास र कथाका पुस्तक बढी बिक्री भइरहेको छ”, प्रमुख लावतीले भन्नुभयो, “प्रदर्शनी अवलोकन र पुस्तक किन्न आउने पाठकको सङ्ख्या दैनिक बढ्दो क्रममा छ ।” प्रदर्शनीमा कला, साहित्य, इतिहास, संस्कृति, दर्शन, मनोरञ्जनलगायत विधाका पुस्तक राखिएको कार्यालयले जनाएको छ ।

शनिबार र बिदाका दिनका पनि प्रदर्शनी खुला रहने जनाइएको छ । साझा प्रकाशनले बर्सेनि पुस्तक प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीबाहेकको समयमा पनि पुस्तक किन्दा पाठकलाई छुट सुविधा दिने गरिएको कार्यालयले जनाएको छ । “एकैसाथ धेरै पुस्तक किन्दा अघिपछि पनि छुट पाइन्छ”, प्रमुख लावतीले भन्नुभयो, “पाँच सयको खरिद गर्दा २० प्रतिशत र रु एक हजारसम्मको पुस्तक किन्दा २५ प्रतिशत छुटको व्यवस्था छ ।”

वि.सं.२०८० असोज ११ बिहीवार २०:०० मा प्रकाशित

You can share this post!

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा...

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:१२

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम...

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१०

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम...

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:४७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न, नियामकलाई किन जानकारी भएन ?       

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:३७

काठमाडौँ, १९ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा   

वि.सं.२०८० मंसिर १९ मंगलवार १६:२८

काठमाडौैँ, १९ मङ्सिर : टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको...