back
NMB Ad

अर्थसमितिको कार्यविधि स्वीकृत   

काठमाडौँ, १२ असोज : अर्थसमितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिनुभयो ।

उहाँका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय समितिको कार्यक्षेत्रभित्र पर्दछन् ।

कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको छ । त्यस्तै बैठकको कार्यसूचीबारे ४८ घण्टाअगावै समितिका सदस्यलाई जानकारी गाराइसक्नुपर्नेछ ।

बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले जानकरी दिनुभयो ।

उहाँका अनुसार समितिको बैठकमा विषय केन्द्रित भएर मात्रै कुरा राख्ने, समितिमा बोल्नका लागि सभापतिको ध्यानाकर्षण गराउन हात उठाएर नाम टिपाउने, एक जना सदस्य बोलिरहेको बेला अर्को सदस्य बोल्न नहुने, बोल्दा आदरसूचक शब्दको प्रयोग गर्ने, अशिष्ट, अपमानजनक तथा आपत्तिजनक शब्द बोल्न नहुनेलगायत विषय राखिएका छन् । त्यस्तै, विशेष कारण परेको अवस्थामा बाहेक सभापतिको अनुमतिबेगर बैठक नसकिउन्जेल छाडेर जान नहुने, समिति बैठकमा मोबाइल फोनको प्रयोग गर्न नहुनेलगायतका विषय राखिएका छन् ।

कार्यविधिअनुसार कुनै सदस्यले आफू बैठकमा उपस्थित हुन नसक्ने अवस्था भएमा सोबारे सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

समितिमा आएको विषयमा कुनै सदस्यको निजी वा व्यक्तिगत स्वार्थ जोडिएको देखिएमा सदस्य स्वयंले स्वेच्छाले कारणसहित सभापतिमार्फत जानकारी गराउनुपर्नेछ । साथै सो विषयमा समितिमा हुने छलफल र निर्णयबाट आफूलाई अलग राख्नुपर्नेछ ।

समितिको निर्णय प्रक्रिया, उपसमिति वा कार्यदल गठनको प्रक्रियालगायतका विषय पनि कार्यसूचीमा राखिएका छन् । समितिको कार्यक्षेत्रभित्र आएका विषयबारे अध्ययन, भ्रमण, अनुगमन, मूल्याङ्कन तथा अन्तक्र्रिया, विदेश भ्रमण, अन्य समिति वा निकायसँगको समन्वयलगायतका विषय पनि कार्यविधिमा छन् ।

समितिमा हालसम्म १६ वटा उजुरी परेको सचिव रेखा उपाध्याय खनालले आजको बैठकमा जानकारी दिनुभयो ।

वि.सं.२०८० असोज १२ शुक्रवार १३:४९ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...