back
NMB ad

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

Kumari bank ad

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो १ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।

सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिती देखिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिनुभयो ।

जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी भएको हो । उक्त चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्‍याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी भएको प्रजिअ आर्चायले जानकारी दिनुभयो । ओमकार परिवार र हिन्दु समाजलगायतका सङ्घ, संस्थाले आज नै नेपालगञ्जमा सदभाव र्‍याली निकालेका थिए । सो आदेशको उल्लङ्घन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९ मा प्रकाशित

You can share this post!

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

वि.सं.२०८१ असार २८ शुक्रवार २०:५७

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक...

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

वि.सं.२०८१ असार २८ शुक्रवार २०:४९

काठमाडौँ, २८ असारः नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको...

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित   

भेटिएनन् त्रिशूलीमा बेपत्ता बस, आजका लागि उद्धार स्थगित   

वि.सं.२०८१ असार २८ शुक्रवार २०:३५

भरतपुर (चितवन), २८ असारः भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा...

ओली प्रधानमन्त्री बन्ने बाटो खुल्यो, संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

ओली प्रधानमन्त्री बन्ने बाटो खुल्यो, संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

वि.सं.२०८१ असार २८ शुक्रवार २०:३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा...

वाणिज्य बैंकहरुले कमाए ५६ अर्ब ४५ करोड नाफा, कुनको कति ?

वाणिज्य बैंकहरुले कमाए ५६ अर्ब ४५ करोड नाफा, कुनको कति ?

वि.सं.२०८१ असार २८ शुक्रवार २०:२४

काठमाडौं । वाणिज्य बैंकले ११ महिनामा ५६ अर्बभन्दा धेरै खुद...

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी   

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी   

वि.सं.२०८१ असार २८ शुक्रवार १८:३३

काठमाडौँ, २८ असारः प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत...