back
NMB ad

सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्छ   

Kumari bank ad

मुग्लिन (चितवन), १९ कात्तिक : सहकारी संस्थाले उत्पादनका क्षेत्रमा जोड दिनुपर्ने स्थानीय जनप्रतिनिधि तथा सहकारी अभियानताले बताएका छन् । इच्छाकामना गाउँपालिकास्थित मर्स्याङ्दी बहुउेश्यीय सहकारी संस्था लिमिटेडको २३औँ साधारणसभाका सहभागीले पछिल्लो समय सहकारी धरायसी अवस्था रहेको भन्दै सदस्यको आयआर्जन वृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा लागनी गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । “सहकारी उत्पादनसँग जोडिनुपर्छ । सीपमूलक तालिम तथा आयआर्जन वृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री जोशीले ब्याजको पनि ब्याज लिने र धेरैले ब्याजको लोभमा सहकारी खोल्ने गरेको बताउदैँ सहकारीविरुद्ध बागमती प्रदेशमा धेरै उजुरी परेका जानकारी दिनुभयो । उहाँले सहकारीका कार्यक्रममा जाँदा पनि सोच्नुपर्ने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद सिलवालले सहकारीले उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो एक दशकयता सहकारी धेरै खुलेको र विकृति बढेको उहाँको भनाइ थियो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सहकारी संस्थाहरु उत्पादनको क्षेत्रमा जोडिनुपर्ने बताउँदै गाउँपालिका गर्न तयार रहेको उल्लेख गर्नुभयो । “समृद्धिका लागि सहकारी संस्था उत्पादनमूलक क्षेत्रमा जोडिनुपर्छ”, उहाँले भन्नुभयो, “गाउँपालिका सीपमूलक तालिमलगायत क्षेत्रमा आवश्यक सहकार्य गर्न तयार छ ।”

इच्छाकामना–३ का वडाध्यक्ष तथा साना कृषि सहकारी संस्था लि दारेचोक कुरिनटारका पूर्वअध्यक्ष नरबहादुर नेपालले सहकारी धेरै हुँदा धरायसी अवस्थामा पुगेको भन्दै समान उद्देश्य भएका सहकारी मर्जरमा जानुपर्ने बताउनुभयो । सहकारी अभियानता सिर्जना देवकोटाले सहरकारी मर्जरमा जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीले सहकारीले उत्पादनको क्षेत्रमा लागनी गर्नुपर्ने र मर्जरमा जानुपर्नेमा जोड दिएका थिए । मर्स्याङ्दी बहुउदेश्यी सहकारी गाउँपालिकाभित्रको सबै भन्दा ठूलो सहकारी हो ।

विसं २०५७ मा दर्ता भएको यो सहकारीले ग्रामिण विद्युतीकरणसहित ऋण तथा बचत, मनि ट्रान्सफर, रेमिट्यान्स, रिचार्ज सेवा, कृषि तथा पशु फार्म, उद्यमशीलता विकास तथा प्रवद्र्धनलगायत क्षेत्रमा सेवा प्रदान गर्दै आएको सहकारीका अध्यक्ष किशोर गुरुङले जानकारी दिनुभयो । उहाँले समान उद्देश्य भएका गाउँपालिकाभित्रका सहकारीबीच मर्जर अभियान चलाउन साधारणसभा प्रस्ताव पेश गरिएको बताउनुभयो ।

वि.सं.२०८० कात्तिक १९ आइतवार १४:३९ मा प्रकाशित

You can share this post!

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...

ज्योति विकास बैंकको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंकको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

वि.सं.२०८१ साउन ९ बुधवार १७:४५

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको...

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

वि.सं.२०८१ साउन ९ बुधवार १७:३९

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च...

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

वि.सं.२०८१ साउन ९ बुधवार १६:५१

काठमाडौँ, ९ साउन : राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय...