back
NMB ad

प्रिमियम भाउमा हिमालयन रि इन्स्योरेन्सको आईपीओ भोलीदेखि आउँदै, प्रतिकित्ता कति पर्छ ?

Kumari bank ad

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भोलि मंसिर ४ गते सोमबारदेखि प्रिमियम मूल्यमा आइपीओ खुला गर्ने भएको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०८० मंसिर ३ आइतवार ०६:५९ मा प्रकाशित

You can share this post!

महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो    

महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो    

वि.सं.२०८१ साउन १० बिहीवार ०६:५८

काठमाडौँ : राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको...

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन  

एक अर्ब लगानीमा मुलकोट र हलेसीमा पौवा रिसोर्ट सञ्चालन  

वि.सं.२०८१ साउन १० बिहीवार ०६:५३

काठमाडौँ : नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरेको होटल पौवा...

सौर्य एयर विमान दुर्घटना : के भन्छ प्राधिकरण ?     

सौर्य एयर विमान दुर्घटना : के भन्छ प्राधिकरण ?     

वि.सं.२०८१ साउन १० बिहीवार ०६:४५

सिबी अधिकारी, काठमाडौँ: बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन...

आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८१ साउन १० बिहीवार ०६:३७

काठमाडौँ, १० साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा...

आज १० साउन २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

आज १० साउन २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ साउन १० बिहीवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...