back

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कमायो ५ करोड ११ लाख नाफा, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ६८.०९ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ११६.१० प्रतिशतले बढेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ४ करोड ८२ लाख रुपैयाँबाट बढेर १० करोड ४१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल दावी भुक्तानी ४४ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत वर्ष १७ करोड ७६ लाख रुपैयाँ थियो । यस अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सको बिमा कोषमा ४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १२५.०४ प्रतिशतले धेरै हो । गत वर्ष यसले १० करोड १ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ २ पैसा रहेको छ ।

वि.सं.२०८० मंसिर ४ सोमवार १३:५५ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...