काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार १.३९ अंकले बढेर १८५३ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी हिमालयन डिस्टीलरीको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ३६ लाख २५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको ६ करोड ८४ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सोनापुर मिनरल्स लिमिटेडको ५ करोड ८८ लाख ७८ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ३ करोड ३३ लाख ८५ हजार रुपैयाँ र शिभम् सिमेन्टको ३ करोड १५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० मंसिर ४ सोमवार १५:१० मा प्रकाशित