
काठमाडौं । तिहार पछिको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार १.३९ अंकले बढेर १८५३ को विन्दुमा कायम हुन पुगेको हो ।
सोमबार सेयर बजारमा सुधार आउँदा फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमा नकरात्मक सर्किट लाएको छ कम्पनीहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९९ प्रतिशतले घटेको छ । त्यसैगरी, हिमालयन डिस्टीलरीको ७.०१ प्रतिशत, पिपुल्स हाइड्रपावरको ५.३३ प्रतिशत प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० मंसिर ४ सोमवार १५:२२ मा प्रकाशित