back
Ncell Banner Ad

विश्वकप छनोट : नेपाल र यमन भिड्दै   

काठमाडौँ, ४ मङ्सिर : फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो ।

उहाँले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताउनुभयो ।

नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

वि.सं.२०८० मंसिर ४ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...