back
NMB Ad

साताको शेयर बजार : आठ अङ्कको सुधार   

काठमाडौँ, ९ मङ्सिर : तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ ।

यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अङ्कको सुधार देखिएको थियो । सोमबार नेप्से परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको थियो ।

सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको थियो । त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार नौ दशमलव ८७ प्रतिशतले बढेर एक हजार आठ सय ६० दशमलव २० अङ्कमा कायम भएको छ ।

यो सातामा रू चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका शेयर सङ्या एक करोड ५६ लाख २८ हजार चार सय ६२ कित्ता बराबर रहेको छ ।

यो साताको पहिलो दिनको कारोबारपछि रू २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड तीन लाख ६० हजार कायम भएको छ । एक सातामा बजार पुँजीकरण रू १० अर्ब ३६ करोड १३ लाख ५० हजारले बढेको हो ।

वि.सं.२०८० मंसिर ९ शनिवार १९:०१ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८२ वैशाख १७ बुधवार १९:४५

काठमाडौं । सरकारले भोली बैशाख १८ गते बिहीबार सार्वजनिक विदा...

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब   

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:२४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर चार...

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सलाई ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:१९

काठमाडौं । चीनको यिबिन सहरमा सम्पन्न काईयी अटो ग्लोबल बिजनेस...

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

ठूलोभर्याङमा इलेक्ट्रिक स्कूटरको नयाँ शोरूम सञ्चालन, लुयान र सारथी ब्रान्ड उपलब्ध

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०९

काठमाडौं : काठमाडौंको स्वयम्भू नजिकै ठूलोभर्याङमा एक नयाँ इलेक्ट्रिक स्कूटर...

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई लुम्बिनी केवलकारमा २० प्रतिशत छुट

वि.सं.२०८२ वैशाख १७ बुधवार १७:०२

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी केवलकार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:१९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...