
काठमाडौं । आज मंसिर १५ गते शुक्रबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ३०० रुपैंयाले गिरावट आएको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यसैगरी, आज चाँदी प्रतितोला २० रुपैंयाले बढेर १ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० मंसिर १५ शुक्रवार १०:४० मा प्रकाशित