back
NMB Ad

सहकारीमार्फत शुद्ध तोरीको तेल   

Royal Enfield Inside Page Banner

टीकापुर (कैलाली), १५ मङ्सिर : कैलालीको टीकापुरमा महिलाले सञ्चालन गरेको सहकारीमार्फत शुद्ध तोरीको तेल उपलब्ध गराइने भएको छ । महिला जागरण बहुउद्देश्यीय सहकारी संस्था टीकापुरले दुई वर्षदेखि सञ्चालन गरेको मिलले शुद्ध तोरीको तेल उपलब्ध गराउने गरेको हो ।

सहकारीले एक जना कामदार राखेर शुद्ध तेल उत्पादन गरिरहेको छ । सहकारी आफैँले तोरी खरिद गरेर तेल उत्पादन र बिक्री गर्ने गरेको सहकारीका अध्यक्ष शोभा शर्मा ज्ञवालीले जानकारी दिनुभयो । सरकारले ‘एक उद्योग एक सहकारी’को नीति लिएको भन्दै उहाँले महिला उद्यमसँग जोडिनुपर्छ भन्ने उद्देश्यले सहकारीमार्फत शुद्ध तोरी उत्पादन थालिएको बताउनुभयो ।

“महिला धेरैले भान्सा सम्हाल्छौँ । भान्सामा शुद्ध खानेकुरा भएमा परिवारकै स्वास्थ्य राम्रो हुन्छ”, अध्यक्ष शर्माले भन्नुभयो, “हामीले स्वास्थ्यमा पनि लाभ हुने, उत्पादन खपत पनि सहजै हुने भएकाले तेल उत्पादनका लागि मिल सञ्चालन गर्ने निर्णय गरेर तेल उपलब्ध गराउन थालेका हौँ ।”

सहकारीका उपाध्यक्ष राधा रावलले शुद्ध तेल, चामल र पिठो उपलब्ध गराउने उद्देश्यअनुसार पहिलो चरणमा तोरीको तेल उत्पादन थालिएको बताउनुभयो । उहाँका अनुसार सहकारीलाई मिल सञ्चालनका लागि विभिन्न क्षेत्रबाट सहयोग तथा अनुदान मिलेको छ ।

टीकापुर नगरपालिकाले मिल स्थापना गर्दा रु पाँच लाख अनुदान दिएको थियो भने यस वर्ष पनि फिल्टर जडानका लागि रु पाँच लाख बजेट छुट्याएको छ । सहकारीका पदाधिकारीले अन्य जिल्लाका सहकारीले सञ्चालन गरेका उद्योगको अनुगमनसमेत गरेका छन् ।

गुणस्तरहीन तेल प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पार्नसक्ने भएकाले शुद्ध तोरीको तेल उपलब्ध गराउने गरेको उपाध्यक्ष रावलको भनाइ छ । “हामीले उत्पादन गरेको तेलको खपत राम्रो छ”, उहाँले भन्नुभयो, “तोरीको सिजनमा तोरी किनेर भण्डारण गर्ने गरेका छौँ । तोरी धोएर शुद्ध तेल उत्पादन हुन्छ । अहिले उत्पादित तेल टीकापुर बजारमै खपत भइरहेको छ ।”

सहकारीले उद्योगलाई थप विस्तार गर्ने योजना बनाएको जनाएको छ । “सहकारीले यस वर्ष सयौँ क्विन्टल तोरी खरिद गरेर राखेको छ”, उपाध्यक्ष रावलले भन्नुभयो, “सहकारीबाटै बिक्री भइरहेको छ । सहकारीले चालु आवको अहिलेसम्म चार सय ३७ लिटर तेल बिक्री गरेको छ ।” उहाँका अनुसार आफैँले पेलेर तयार पारिएको तेल प्रतिलिटर रु तीन सय ७५ मा बिक्री गर्ने गरिएको छ ।

सहकारीका व्यवस्थापक बालकुमारी चौधरी यस वर्ष तेल फिल्टर मेसिन जडान हुने र त्यसपछि यहाँ उत्पादन भएको तेल अन्य जिल्लामा पनि बिक्री गरिने बताउनुभयो । “फिल्टर जडानपछि हामी प्याकिङ गरेर तेल बजारमा पठाउनेछौँ । धेरै जिल्लाबाट तेलको माग आएको छ”, उहाँले भन्नुभयो, “फिल्टर जडानपछि माग भएका जिल्लामा पठाउने योजना छ ।”

सरकारले एक सहकारी एक उद्योगको नीति लिएको छ । टीकापुर क्षेत्रमा ७७ सहकारी छन् जसमा २० सहकारी निष्क्रिय छन् । सक्रीय सहकारीमध्ये उद्योग सञ्चालन गर्ने निकै कम रहेका टीकापुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख नन्दबहादुर केसीले बताउनुभयो । महिला जागरण सहकारीले उद्योगमार्फत असल अभ्यास थालेको उहाँको भनाइ थियो ।

“हरेक सहकारीले केही न केही उद्योग स्थापना गरोस् भन्ने हो तर निकै कम सहकारी उद्योगसँग जोडिएका छन्”, केसीले भन्नुभयो, “महिलाले सञ्चालन गरेको सहकारीले उद्योग सञ्चालन गर्नुलाई स्थानीय सरकारले उपलब्धि मानेको छ । हामीले उहाँहरुलाई सक्दो सहयोग गरेका छौँ । आगामी दिनमा पनि सहयोग रहनेछ ।”

सहकारीमा एक हजार बढी महिला शेयर सदस्य रहेका छन् । सहकारीमार्फत भएका कार्यलाई समाजको आर्थिक गतिविधिसँग पनि जोड्न आवश्यक रहेको स्थानीय निर्मला कडायतले बताउनुभयो । “तेल उद्योग थप विस्तार गर्नुपर्छ । सहकारीले महिलालाई रोजगारी दिने खालका थप उद्योग सञ्चालनमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “महिलालाई रोजगारीसँग जोड्न सकियो भने महिला सशक्त हुन्छन् । महिला बलिया भएमा हिंसाका घटनामा पनि कमी आउँछन् ।”

वि.सं.२०८० मंसिर १५ शुक्रवार १५:३६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना: ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

स्कोडा नेपालले ल्यायो बेजोड फाइनान्सिङ योजना: ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ

वि.सं.२०८१ माघ २७ आइतवार १८:०७

काठमाडौं : स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई...

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी कल सेन्टर” को सुरुवात

वि.सं.२०८१ माघ २७ आइतवार १७:५८

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?   

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?   

वि.सं.२०८१ माघ २७ आइतवार १७:५३

काठमाडौँ, २७ माघ : राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ २७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १३:५४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आइसिसि...

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती   

वि.सं.२०८१ माघ २७ आइतवार १३:३१

ढोरपाटन (बागलुङ) : जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट...