back
Kumari Bank

ज्योति विकास बैंकका ग्राहकहरुलाई “सि फुड” मा २७ प्रतिशत सम्म आर्कषक छुट

काठमाडौं । ज्योति विकास बैंकले ग्राहकवर्गलाई सि फुड बाट माछा-मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छूट प्रदान सम्बन्धी सम्झौता गरेको छ।

बैंकले काठमाडौं महानगरपालिका–१५ डल्लुस्थित सी फुड एण्ड फुड ट्रेडर्ससंग गरेको सम्झौता बमोजिम ग्राहकहरुले उक्त आकर्षक छुट पाउनेछन्। सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर बलदेव थापा तथा सी फुड एण्ड फुड ट्रेडर्सका तर्फबाट सि फुडका संचालक प्रिती गुरुङ खड्गीले हस्ताक्षर गर्नुभएको हो।

ज्योति विकास बैंकका ग्राहकले सि फुडका खाद्यसामग्रीहरु खरिद गर्दा बैंकको मोवाइल बैंकिङ, चेक बुक तथा कार्डबाट विल भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्। बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंग निरन्तर रुपमा सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार १५:५४ मा प्रकाशित

You can share this post!

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

वि.सं.२०८२ असार २७ शुक्रवार २०:५४

काठमाडौं : क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र...

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २७ शुक्रवार २०:००

काठमाडौँ  : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन...

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन   

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८२ असार २७ शुक्रवार १९:४१

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई बेवास्ता गरेको नाडाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई बेवास्ता गरेको नाडाको आरोप

वि.सं.२०८२ असार २७ शुक्रवार १९:०७

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३...

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड   

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड   

वि.सं.२०८२ असार २७ शुक्रवार १८:४५

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

वि.सं.२०८२ असार २७ शुक्रवार १६:५८

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा...