back
NMB Ad

ठगी गरेको आरोपमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ   

Royal Enfield Inside Page Banner

पर्वत, १५ मङ्सिर : सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका अध्यक्ष लेखनाथ शर्मा, उपाध्यक्ष विष्णु तिवारी पूर्व अध्यक्ष राजु शर्मा र सल्लाहाकार शालिग्राम शर्मा तथा ऋण समिति संयोजक धनपति आचार्य पक्राउ परेका हुन् । दुवै सहकारीका अन्य सञ्चालकको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सहकारी ऐन २०७४ अन्तर्गत सहकारी ठगी गरेको कसूरमा पक्राउ गरिएको हो । अहिले जिल्ला अदालतवाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख भुसालले जानकारी दिनुभयो । सहकारी रजिष्ट्रारको कार्यालय पोखरावाट विज्ञ बोलाएर पनि अनुसन्धान भइरहेको छ ।

यसअघि दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम भुक्तानी नपाएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले केही दिन पहिले सूचना जारी गर्दै दुवै सहकारीका बचतकर्तालाई सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट मुद्दति प्रमाणपत्र लगायतका सक्कल कागजातसहित प्रहरी कार्यालयमा आउन समेत सुचित गरेको थियो ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:३१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

सन् २०२५ देखि २०३५ सम्म पर्यटन दशक मनाउने तयारी 

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१७

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा...

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१२

काठमाडौं । यही २०२५ को जनवरी २० मा भारतको राजधानी...

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, सबैभन्दा धेरै घाटा भारतसँग   

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च, सबैभन्दा धेरै घाटा भारतसँग   

वि.सं.२०८१ माघ ८ मंगलवार १८:०४

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा...

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ८ मंगलवार १८:००

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब...

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु

वि.सं.२०८१ माघ ८ मंगलवार १७:५५

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म...

अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन

अर्थमन्त्री पौडेलद्वारा रणनीतिक योजना बनाएर काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन

वि.सं.२०८१ माघ ८ मंगलवार १७:४४

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक...