काठमाडौं । आज मंसिर १७ गते आइतबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला १८०० रुपैंयाले बढेको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ५ रुपैंयाले घटेर १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० मंसिर १७ आइतवार १०:५० मा प्रकाशित