back

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड हुने मिति तय, कति जनाको हुनेछ हात खाली ?

Kumari bank ad

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाडट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनु्सार कम्पनीको आईपीओ मंसिर १९ गते मंगलबार बाँडफाँड गर्ने तयारी गरेको हो ।

उक्त आइपीओमा अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा १ लाख १४ हजार ८०० जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने भएको हो ।

कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो । यसमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२१ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...