back

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

Kumari bank ad

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

असअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पु¥याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२ मा प्रकाशित

You can share this post!

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:४६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...