काठमाडौं । लाभांश घोषणा सूचना प्रकाशित भए लगत्तै नेप्सेले तारा गाउँ रिजेन्सी होटलको कारोबार रोक्का गरिदिएकोछ ।
कम्पनीले मंसिर १६ गते लाभांशबारे निर्णय गरेर नेप्सेमा मंसिर १७ गते ५ः १५ बजे मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।
लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ । तर कम्पनीले सो नियम उल्लघन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ११ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश घोषणा गरेको हो।
वि.सं.२०८० मंसिर १८ सोमवार ११:३४ मा प्रकाशित