back

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

Kumari bank ad

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशको साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...