back

“यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” विजेताहरुको नाम घोषणा

Kumari bank ad

काठमाडौं । नेपालमै प्रतिष्ठित र सर्वाधिक रुचाइएको डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रा. लि. ले बडादशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको “यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” योजनाको विजेताहरुको घोषणा भएको छ ।

२०८० साल मंसिर १८ गते सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण समेत गरिएको लक्की ड्र मार्फत बिजेताले प्रथम पुरस्कार स्वरूप Hisense Multi Door Fridge प्राप्त गरेका छन् ।

साथै सोही लक्की ड्र मार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि घोषित भएका छन् । दोस्रो पुरस्कारका रूपमा  Hisense 50 inches TV रहेको छ भने तेस्रो पुरस्कारमा Hisense washing machine रहेको छ ।

यस अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा Induction, heater / water hot pot प्राप्त गरेका छन् । बिजेताहरुको सम्पूर्ण विवरण सिताराम दुघको आधिकारिक फेसबुक पेजमा हेर्न सकिनेछ । उक्त कार्यक्रमको संचालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले गर्नुभएको थियो । उक्त कार्यक्रममा अतिथिका रुपमा रतन लाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति रहेको थियो । उहाँहरूले सीतारामको तर्फबाट सबै विजेताहरूलाई बधाई पनि ज्ञापन गर्नुभयो ।

उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहक वर्ग माझ एक विशिष्ट पहिचान बनाएको सीतारामले नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि “यसपालि सीता रामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार” नारा सहित यो योजना जारी गरेको थियो । यस योजना अन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा सोमबारका विजेता घोषणा भएका हुन् ।

सीताराम गोकुल मिल्क्स प्रा. लि.ले विगत २८ वर्ष देखि दूध तथा दूधजन्य उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । सीतारामले दूध, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सी लगायत अन्य दूधजन्य उत्पादनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ । सीतारामका उत्पादनहरू उच्च गुणस्तरका हुनुको साथै ग्राहक स्वास्थ्यलाई मध्यनजर गर्दै राम्रो प्याकेजिङ् मा पनि उपलब्ध गराइन्छन् ।

वि.सं.२०८० मंसिर १९ मंगलवार १७:१० मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...