back
NMB Ad

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी, उजुरी दिन आग्रह

Royal Enfield Inside Page Banner

पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगीको आरोपमा सञ्चालक समिति सदस्यसहित ३० जनाविरुद्ध सोमबार अदालतबाट पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यसै सिलसिलामा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए ।

वडाध्यक्ष सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा ताण्डव न्युज पत्रिकाका प्रधान सम्पादक अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको हो ।

अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमै छन् । उनीहरु कात्तिक ४ गते पक्राउ परेका थिए । निमित्त प्रमुख विकले पक्राउ पुर्जी जारी भएकाहरूको खोजी भइरहेको जानकारी दिए ।

पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना पारेको आरोप छ । प्रहरीले मित्रमिलन सहकारीविरुद्ध उजुरी भए २७ मंसिरभित्र दिन आग्रह गरेको छ ।

वि.सं.२०८० मंसिर १९ मंगलवार २०:२५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान   

विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान   

वि.सं.२०८१ मंसिर २० बिहीवार २०:४४

जेनेभा, २० मङ्सिर  :   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार...

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली   

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली   

वि.सं.२०८१ मंसिर २० बिहीवार १९:०९

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ...

ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ   

ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ   

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:२०

काठमाडौँ : कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ...

राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:०४

 काठमाडौं :  कामका क्रममा एक भन्दा बढी कार्यहरूमा संग्लग्न हुँदै...

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

एनएमबि बैंकलाई लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:५९

काठमाडौं । एनएमबि बैंकलाई २०२४ को यूएन विम्यान एशिया–प्यासिफिक (WEPs)अवार्ड...

एनपिएलः सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो 

एनपिएलः सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले हरायो 

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:४७

काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले...