back
Kumari Bank

जाजरकोट भूकम्पबाट ज्यान गुमाएका मृतकका आफन्तलाई बीमाबापतको रकम दिन सुरु   

जाजरकोट, २० मङ्सिर : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ ।

नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसारप्रति मृतक रु दुई लाखका दरले रकम वितरण गरिएको हो ।
क्रमशः सबै पालिकामा गएर अबको तीन/चार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताउनुभयो । प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो । “हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृतकका परिवारलाई रू आठ लाख रकम दिने गरेका छौँ”, जिसीले भनुभयो”, “चाँडो रकम वितरण गरेर मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण सुरु गरेका हौँ ।”

वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी हुनुहुन्छ । प्रदेश सरकारले सार्वजनिक संरचना निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनामा क्षति पुगेको थियो । ती योजना प्रदेश सरकारले विनियोजन गरेको रू एक अर्बबाट मर्मत सम्भार गरिने जनाइएको छ ।

वि.सं.२०८० मंसिर २० बुधवार १२:४५ मा प्रकाशित

You can share this post!

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान   

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान   

वि.सं.२०८२ असार २६ बिहीवार १४:१२

दमौली (तनहुँ) : मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा...

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८२ असार २६ बिहीवार १२:५०

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८२ असार २६ बिहीवार १२:३४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

वि.सं.२०८२ असार २६ बिहीवार १२:१६

म्याग्दी  : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय...

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि

वि.सं.२०८२ असार २६ बिहीवार १२:०९

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

वि.सं.२०८२ असार २६ बिहीवार १२:०१

काठमाडौं । सार्वजनिक प्रशासन, समावेशी न्याय र संस्थागत नेतृत्वको क्षेत्रमा...