back
Kumari Bank

चितवनमा धान उत्पादन १० प्रतिशत कमी   

Nepal Bank

चितवन, २१ मङ्सिर : जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ ।

यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ । यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । चार दशमलव २६ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो ।

सो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो । उहाँका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो । धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो ।” समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उहाँले जानकारी दिनुभयो । धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उहाँले बताउनुभयो ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १३:३१ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने   

प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने   

वि.सं.२०८२ असार २३ सोमवार १०:४३

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन...

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार १०:२२

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि निष्काशन...

 कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह   

 कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह   

वि.सं.२०८२ असार २३ सोमवार ०६:४५

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २३ सोमवार ०६:४०

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज असार २३ गते सोमवार, हेर्नुहोस् आजको राशिफल

आज असार २३ गते सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार २३ सोमवार ०६:३२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

वि.सं.२०८२ असार २२ आइतवार २१:२२

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन...