back
NMB Ad

आत्मदाह गर्न बाध्य बनाएको भनिएको घटनाबारे इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो आयो स्पष्टीकरण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक ग्राहकले बैंकका कारण आफुलाई आत्मदाह गर्न बाध्य बनाएको भन्ने आरोप बारे स्पष्टीकरण दिएको छ बैंकले यस घटनाबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै घटनाको बास्तविकता जानकारी गराएको छ।

यस्तो छ बैंकले दिएको स्पष्टीकरण

हालैका दिनहरुमा बिभिन्न सामाजिक संजालहरुको प्रयोग गरि यस बैंकबाट कर्जा उपभोग गरिरहेका ऋणी श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को तर्फबाट श्री राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिना सम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिदै आएको अनुदान रकमबाट बन्चित गरिएको, बैंकले ब्यवसायनै बन्द गराएको आदी जस्ता आरोप लगाई आफूलाई आत्मदाह गर्न बाध्य बनाईको भनी बैंक बिरुद्व प्रचारबाजी गर्दै, बैंकको कर्मचारीहरुलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमानै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काईदिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरि देशको अत्यावश्यकिय सेवा अन्र्तगत राखेको बैैंकिङ्ग सेवा प्रवाहमानै अवरोध पु¥याउने जस्ता कार्य गरेको सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको ब्यहोरा जानकारी गराउन चाहन्छौ । साथै घटनाको बास्तविकता यस प्रकार रहेको जानकारी सम्पूर्णमा गराउन चाहन्छौ ।

श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री बास्कोटा कृषि तथा पशुपालन प्रा।लि। को नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालिन मेगा बैंक नेपाल लिमिटेड) बाट बिभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । जसमध्ये श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको छ भने श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. को नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भईसकेको छ भने बाकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुदाँ कर्जा स्वीकृत गर्दाको शर्तहरु मुतावित प्रवाह नभएको हो ।

ऋणीले आरोप लगाएअनुसार ऋणीलाई कर्जा स्वीकृत गरि चार महिना सम्म कर्जा प्रवाह नभएको भन्ने सम्बन्धमा ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजातहरु बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा सुविधा प्रवाह गर्न शुरु भएको अवस्था हो जसको प्रमाण बैंकसमक्ष सुरक्षित छँदै नै छ ।स्वीकृत गरे अनुसार कर्जा प्रवाहको सम्बन्धमा ऋणीको २ वटा कम्पनीमध्ये श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको र फनपार्क प्रा.लि.को हकमा स्वीकृत भएको दिएको ऋण स्वीकृति पत्रमा स्पष्ट रुपमा उल्लेखित भए अनुसार ऋणीलाई आंशिक रुपमा कर्जा प्रवाह भईसकेको र बाँकी कर्जा परियोजनाको प्रगति नभए पश्चात प्रवाह हुन नसकेको हो । श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा सहुलियतपूर्ण कर्जाका लागि नेपाल राष्ट्र बैकको व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम कर्जा स्वीकृत भएको तथा सोही कार्यबिधिमा उल्लेखित ब्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने ब्यवस्था रहेको छ । ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुने हुदाँ सोहि बमोजिम ऋणीले उल्लेखित कार्यबिधि बमोजिम ब्याज अनुदान रकम बाहेकको रकम चुक्ता भुक्तान नगरे पश्चात ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य नभएको अवस्था हो ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १३:५१ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...