back
Ncell Banner Ad

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध दश उजुरी   

काठमाडौैँ, २१ मङ्सिर : सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो ।

सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस भएका न्यायाधीशमा महेश शर्मा पौड्याल, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाममा कुनै पनि उजुरी परेको छैन ।

समितिका सदस्यहरुले उजुरीउपर र कार्ययोजनाको विषयमा विस्तृतरुपमा अध्ययन गर्नुपर्ने भएकाले केही दिन समय दिनुपर्ने माग गरेपछि अध्ययन समितिले सिफारिस भएका न्यायाधीशहरुको सुनुवाइका लागि यही मङ्सिर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । त्यस्तै, आजको बैठकमा सुनुवाइका लागि मङ्सिर २९, आगामी पुस १ र २ गते दुई÷दुई जनाको गर्ने निर्णय भएको हो ।

न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि यही मङ्सिर ५ गते छ जनाको नाम सिफारिस गरेको थियो ।

पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार

संसदीय सुनुवाइ समितिको आजको बैठकले पोर्चुगलका लागि आवासीय राजदूतको पदमा नियुक्तिका लागि सिफारिस हुनु भएका शनिल नेपाललाई शुक्रबार संसदीय सुनुवाइका लागि बोलाउने भएको छ ।

समितिका सभापति जबराले आज उहाँविरुद्ध एक उजुरी परेको जानकारी दिँदै उहाँको सुनुवाइ भोलि (शुक्रबार) २ः३० बजेका लागि तय भएको जानकारी दिनुभयो ।

बैठकमा मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा के कारणले त्यहाँ दूतावास खोल्नुपरेको हो सोको कारणबारे समितिका सदस्य महेश बर्तौलाले सरकारका तर्फबाट जानकारी गराउनुपर्र्ने माग गर्नुभएको थियो ।

सोही विषयमा समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विषयमा परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर छलफल गर्नुपर्ने कुरा राख्नुभयो । उक्त विषयलाई लिएर समितिका सभापति जबराले राजदूतको सुनुवाइ हुनुभन्दा अगाडि परराष्ट्रमन्त्रीलाई बोलाएर उक्त विषयमा जानकारी लिने बैठकमा जानकारी दिनुभयो ।

वि.सं.२०८० मंसिर २१ बिहीवार १४:४७ मा प्रकाशित

You can share this post!

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०५

ढोरपाटन (बागलुङ), २८ भदौः गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा...

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०२

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:४१

शुरबहादुर सिंह कर्णाली, २८ भदौः कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म...

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:३३

टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र...

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२८

रसुवा, २८ भदौः गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश...

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२२

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...