
काठमाडौं । साताको अन्तिम कारोबार तथा बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार ११.७३ अंकले बढेर १८५२ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा त्रिशुली जलविद्युत कम्पनी र समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः १० प्रतिशत र ९.९७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, सिवाइसी लघुवित्तको ९.९१ प्रतिशत, नबील ब्यालेन्स्ड फण्डको ९.४८ प्रतिशत, आशा लघुवित्तको ७.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० मंसिर २१ बिहीवार १५:१४ मा प्रकाशित