back
NMB Ad

एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २२ मङ्सिर : सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद-बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिनुभयो । समितिलाई ३० दिनको समय दिइएको छ ।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव नितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो । समितिले आजैबाट कामको सुरु गरिसकेको छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १६:०६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सरोकारवालासँग छलफल नै नगरी निर्देशिका परिवर्तन, बार्षिक अर्बौं राजस्व योगदान गर्ने उद्योग संकटमा

सरोकारवालासँग छलफल नै नगरी निर्देशिका परिवर्तन, बार्षिक अर्बौं राजस्व योगदान गर्ने उद्योग संकटमा

वि.सं.२०८१ माघ २६ शनिवार ०७:४५

काठमाडौँ । सरकारको निर्णयले बार्षिक ५ हजार करोड राजस्व योगदान...

यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना   

यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना   

वि.सं.२०८१ माघ २६ शनिवार ०७:३५

काठमाडौँ : पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग   

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग   

वि.सं.२०८१ माघ २६ शनिवार ०६:४५

काठमाडौँ : दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई...

यस्तो रहनेछ आज २०८१ माघ २६ गते शनिवार तपाईको राशिफल

यस्तो रहनेछ आज २०८१ माघ २६ गते शनिवार तपाईको राशिफल

वि.सं.२०८१ माघ २६ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं –प्रधानमन्त्री   

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं –प्रधानमन्त्री   

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:२५

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र...

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित   

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित   

वि.सं.२०८१ माघ २५ शुक्रवार १८:१९

चितवन: भारतीय सीमा क्षेत्रबाट अबैध रूपमा सेतो अण्डा भित्रिएपछि चितवनको...