back
NMB Ad

१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति   

काठमाडौँ, २२ मङ्सिर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले आज छ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगाना समेत रहनुभएको छ ।

फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट गएराति ११ः४० बजे काठमाडौँ उत्रेका गोरखाका चन्द्र घलेलाई विशेष सुराकीका आधारमा करिब १४ किलो परिमाणको सुनसहित भन्सार विभागको टोलीले पक्राउ गरेको थियो । चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखा बारपाकका मीनबहादुर घलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

वि.सं.२०८० मंसिर २२ शुक्रवार १६:०९ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित   

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित   

वि.सं.२०८१ चैत १३ बुधवार १४:२३

सियोल :  दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार   

इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार   

वि.सं.२०८१ चैत १३ बुधवार १४:१२

इटहरी (सुनसरी) : इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा...

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...