back

अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा   

Kumari bank ad

झापा, २४ मङ्सिर : अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् ।

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब रु आठ अर्बको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ । यसले उत्पादन पनि बढ्ने अनुमान छ । उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ ।”

चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उहाँले बताउनुभयो । गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा रु तीन अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

चिया किसान हर्क तामाङले बोर्डले गरेजस्तो आकलनले काम नगर्ने बताउनुभयो । उहाँले बोर्डले कोठामा बसेर तथ्याङ्क तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्याङ्कन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक भएको बताउनुभयो । “बोर्ड अलैँचीपछि विदेशी मुद्रा ल्याउने चिया भन्छ”, उहाँले भन्नुभयो, “तर यही अवस्था रहने हो पाँच वर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होलाजस्तो छ ।”

सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योगसरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य कारण रहेको उहाँको भनाइ छ ।

अखिल नेपाल ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले चिया विकासको निम्ति बोर्डले अहिलेसम्म केही काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले उद्योगी, व्यवसायी, किसान, मजदुर कसैको समस्या समाधानमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।
नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रको समस्या समाधानमा राज्य उदासिन देखिएको आरोप लगाउनुभयो । उहाँले हालसम्म श्रम ऐनअन्तर्गतको कतिपय बगानका श्रमिकले ज्यालासमेत नपाइरहँदा बोर्डले समेत कानुन कार्यान्वयनमा समन्वय नगरेको गुनासो गर्नुभयो ।

नेपालमा २० हजार दुई सय ३७ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ । त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोशी प्रदेशमा भइरहेको छ । सत्तरी हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सिटीसीका उद्योग सञ्चालित छन् । नेपाली चियाको मुख्य बजार भारत, चीन, श्रीलङ्का, रसिया, नेदरल्याण्डलगायतका राष्ट्रमा रहेको बोर्डको तथ्याङ्कले देखाएको छ ।

वि.सं.२०८० मंसिर २४ आइतवार ०६:३८ मा प्रकाशित

You can share this post!

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...