काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी जम्मा २० लाभांश लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
वि.सं.२०८० मंसिर २४ आइतवार १०:२९ मा प्रकाशित