काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते सोमबार सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला ५०० रुपैंयाले घटेको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार मंसिर २४ गते छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैंयाले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२ मा प्रकाशित