काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी मंसिर २७ गते रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडौंमा साधारणसभा बोलाएको हो ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७९/८० को लेखापरीक्षकको प्रतिवेदनसहित २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण,चालू आव २०८०/०८१को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनी अन्तरगत सानिमा ग्रूपले काठमाण्डौको धुम्बाराहीमा चारे तारे डिलक्स होटेल अकामा सञ्चालन गरिरहेको छ ।
वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९ मा प्रकाशित