back
NMB Ad

यस्तो छ, आज १३ पुस २०८० शुक्रवारको राशिफल

Royal Enfield Inside Page Banner

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक यात्राको योग रहेको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन प्रसन्न रहने र मनमा शान्ति मिल्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० पुस १३ शुक्रवार ०६:४६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
युनिलिभर नेपालको नाफा १३.४९ प्रतिशतले बढ्यो

युनिलिभर नेपालको नाफा १३.४९ प्रतिशतले बढ्यो

वि.सं.२०८१ माघ २५ शुक्रवार ११:०८

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:५२

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:४३

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउ घटेको छ ।...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:३८

काठमाडौँ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ माघ २५ शुक्रवार १०:३४

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले र्ने लाभांश घोषणा गरेको...

सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

वि.सं.२०८१ माघ २५ शुक्रवार ०७:०५

काठमाडौँ: गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६...