काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री सम्झौता कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ ।
न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।
कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
वि.सं.२०८० माघ ९ मंगलवार १९:२९ मा प्रकाशित