back
NMB Ad

सहकारीमार्फत स्वरोजगार बन्दै दाङका महिला   

Royal Enfield Inside Page Banner

घोराही (दाङ), ११ माघ : पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्रायः महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।

सहकारी संस्थाका कारण जिल्लाका अधिकांश महिला बेफुर्सदिला हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण सहकारी क्रमिकरूपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण धेरै स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको एकता महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताउनुभयोे ।

यस संस्था स्थापना भएदेखि नै महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको छ । महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उहाँको भनाइ छ ।

संस्थामा आबद्ध महिलाहरूमा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको उहाँले बताउनुभयो । “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ”, सहकारी संस्थाका अध्यक्ष अधिकारीले भन्नुभयो ।

विसं २०५५ मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ । संस्थामा हालसम्म पाँच सय २७ सदस्य आबद्ध रहेका छन् । संस्थाले अहिलेसम्म रु पाँच करोडबराबरको कारोबार गर्न सफल भएको छ ।

संस्थाले मुख्य बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमा समेत जोड्दै लगेको छ । संस्थामा आबद्ध सदस्य घोराही–१८ हात्तीखर्ककी रीता सार्की विगत लामो समयदेखि बेसारखेती गर्दै आउनुभएको छ । सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले किलोको रु तीन सयमा बिक्री वितरण गर्दै आएको छ ।

रीताजस्तै यहाँका धेरै महिलाले बेसारखेती गर्दै आउनुभएको छ । घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसारखेती गर्दै आएको उहाँको भनाइ छ । सहकारी संस्थामा आबद्ध सदस्यले उत्पादन गरेको सबै बेसारलाई संस्थाले चाना काटेर, सुकाएर, पिसाएर बेच्ने आएको छ ।

संंस्थाले स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि बेसार बेच्ने गरेको छ । हात्तीखर्कमा बेसारखेतीका लागि राम्रो सम्भावना रहेको छ । संस्थामा आबद्ध सदस्यले पर्याप्त मात्रामा बेसार उत्पादन गरे पनि बजारीकरणको केही समस्या रहेको सहकारी संस्थाकी उपाध्यक्ष सुनकुमारी विष्ट बताउनुहुन्छ ।

सबै सदस्यले बाहिरको बेसार नकिनेर संस्थाबाटै लैजाने गरेको उहाँले बताउनुभयो । वार्षिकरूपमा रु एक लाख बढीको संस्थाले बेसार बिक्री गरेर आम्दानी गर्दै आएको उहाँको भनाइ छ । उहाँले पनि बेसारखेती, बाख्रापालन, तरकारीलगायतबाट मासिक रु २५ हजार आम्दानी गर्दै आउनुभएको छ । सदस्यले मासिक रु पाँच सयदेखि दुई हजारसम्म बचत गर्ने गरेका छन् । संस्थाबाट अन्य महिलाले पनि ऋण लगेर विभिन्न तरकारीखेती, किराना पसल, अन्य उद्यमलगायतका व्यवसाय गर्दै आएका छन् ।

आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आबद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यक्रममा जोड्न सकिने संस्थाका अध्यक्ष अधिकारीले बताउनुभयो । संस्थाले विभिन्न समयमा सीपमूलक तालिमसँगै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ । साथै संस्थाले कुनै सदस्यको मृत्यु भएमा रु १० हजार र सुत्केरी भएको बेला रु दुई हजार सहयोग प्रदान गर्दै आएको छ ।

वि.सं.२०८० माघ ११ बिहीवार १४:०६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पोखरा फाइनान्सको सिइओ गुरुङ पदमुक्त

पोखरा फाइनान्सको सिइओ गुरुङ पदमुक्त

वि.सं.२०८१ माघ २४ बिहीवार ११:३४

काठमाडौं । पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ) रबि चन्द्र गुरुङलाई...

निरन्तर बढ्दै सुनको भाउ, आज कति बढ्यो ?

निरन्तर बढ्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ माघ २४ बिहीवार ११:०८

काठमाडौं। साताको पाँचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य   

वि.सं.२०८१ माघ २४ बिहीवार ११:०१

काठमाडौँ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

नागरिक लगानी कोषको नाफा १३.९७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

नागरिक लगानी कोषको नाफा १३.९७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८१ माघ २४ बिहीवार १०:४८

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर   

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर   

वि.सं.२०८१ माघ २४ बिहीवार १०:३७

काठमाडौँ : कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर...

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा   

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा   

वि.सं.२०८१ माघ २४ बिहीवार १०:३०

सोलुखुम्बु : जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो...