back
Ncell Banner Ad

अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी   

काठमाडौँ, २४ माघ : अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

केही महिना पहिले हङकङबाट काठमाडौँ ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्छन् ।

उहाँले भन्नुभयो, “नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौँले गरेको सिफारिसका आधारमा सुन तस्करीमा संलग्न रोकाविरुद्ध फेब्रुअरी ५ मा डिफ्युजन नोटिस जारी भएको हो ।”

अमला तिब्बतीयन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को अनुसन्धान निष्कर्ष छ । काठमाडौँको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ ।

वि.सं.२०८० माघ २४ बुधवार १६:३२ मा प्रकाशित

You can share this post!

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस् : प्रधानमन्त्री

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का...

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

सिँचाइ आधुनिकीकरण अभिवृद्धिका लागि १५ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:०९

काठमाडौँ, २१ भदौः सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली...

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको...

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

तीन लाख वर्तालु गरे पशुपतिनाथको दर्शन   

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:४६

काठमाडौँ, २१ भदौः नेपाली नारीको महान् पर्व हरितालिका (तीज) का...

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य...