
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बैंकको ५ प्रतिशत बोनस बापतको १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८० माघ २६ शुक्रवार १२:२३ मा प्रकाशित