back

फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुदै

Kumari bank ad

काठमाडौं । आउँदो फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता हुनेछ ।

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्दि«त रहने कार्यक्रममा ५० बढि विज्ञ र सरोकारवालाहरु वत्ताको रुपमा रहनेछन । सुर्खेत, बिरेन्द«नगर स्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संिघय सरकार, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरुबाट पनि सम्वन्धित मन्त्री र सचिवहरुलाई निमन्त्रणा गरिनेछ ।

कन्क्लेभमा ४ वटा महत्वपुर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन । यसैगरी नेतृत्वमा रहेका बिशिष्ट व्यत्तिहरुको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरुबाट कार्यक्रमको सुरुवात हुनेछ भने डिजिटल रुपान्तरणको प्रतिवद्धता र टेकअवेको रुपमा कार्यक्रमलाई समापन गरिनेछ ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक सस्थाहरुले जानकारी दिएका छन । २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रतिवद्धता छ । राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानिय उत्पादन, कृषी, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिनेछ । नेत्तृत्वमा बस्ने र नीति निमार्णमा पनि डिजिटल बुझाईको ग्याप रहेको हुदा कन्क्लेभले डिजिटल साक्षरतामा पनि जोड दिने मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका सस्थाहरुलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ, कृषी, पर्यटन, उर्जा लगायतका क्षेत्रहरुमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकरात्मक प्रयासहरुलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतीको लागि अवसर प्रदान गरिनेछ । डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका इनिसिएटिभहरु वेबसाइट http://www.digitalkarnali.org मार्फत बुझाउन सकिनेछ ।

आइसिटी फाउण्डेसन डिजिटलाइजेसन र डिजिटल रुपान्तरणको अभियानमा काम गरिरहेको सस्था हो । सस्थाले विगत ३ वर्षदेखि सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम गर्दै आएकोमा यस वर्ष कर्णालीमा भने विशेष कार्यक्रमको रुपमा क्न्क्लेभको आयोजना भइहरेको छ । विगत २ वर्षदेखि डिजिटल नेपाल कन्क्लेभको आयोजना गरिरहेको फाउण्डेसनले अब प्रदेश सरकारहरुको सहकार्यमा प्रादेशिक कन्क्लेभ पनि सुरुवात गरेको हो । फाउण्डेसनले यस वर्षको डिजिटल नेपाल कन्क्लेभ बैशाख अन्तिम साता गर्ने तयारी गरेको छ ।

कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रम मार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्वपुर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न कर्णालीवासी सबै सरोकारवालालाई मन्त्रालयले हार्दिक अपिल गरेको छ ।

वि.सं.२०८० माघ २९ सोमवार १३:३० मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...