back
NMB ad

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रतिकूल रहनाले खर्च पनि बढ्न सक्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । मालसामान हराउन पनि सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज राजनैतिक र न्यायिक कार्यबाट सफलता मिल्ने र रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा नपरेकै राम्रो हुन्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सामाजिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज विदेश अथवा दूरदराजमा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्ध सुमधुर रहनेछ, तर लामो यात्रा नगरेकै जाती अतः लाभ मिल्ने छैन ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजारको कारोबार राम्रै होला, तर यात्रा चैं राम्रो नहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:४६ मा प्रकाशित

You can share this post!

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा   

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २ आइतवार २१:०४

दमौली (तनहुँ), २ वैशाख : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन...

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव   

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव   

वि.सं.२०८१ वैशाख २ आइतवार २१:०१

काठमाडौँ, २ वैशाख : विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै   

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै   

वि.सं.२०८१ वैशाख २ आइतवार २०:५७

काठमाडौँ, २ वैशाख : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार)...

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा   

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा   

वि.सं.२०८१ वैशाख २ आइतवार १९:४६

नयाँदिल्ली, २ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो...

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण   

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण   

वि.सं.२०८१ वैशाख २ आइतवार १८:०२

काठमाडौँ, २ वैशाख : अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन...

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख २ आइतवार १७:४०

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको...