back
NMB ad

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

Kumari bank ad

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका–९ का रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । घाइतेहरुको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बम जस्तो देखिने वस्तु सोमबार बिस्फोट हुँदा वर्कशप सञ्चालक निजगढ नगरपालिका–९ का रेशम जर्घा मगरको घटनास्थलमै मृत्यु भएको थियो । कवाड सञ्चालक राज जैसवालले बमजस्तो देखिने वस्तुमा रहेको तामा निकाल्न वर्कशपमा ल्याएको र काट्ने क्रममा सोे वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ का फिरोद देवान र भारत राम गढवाका अरीवन साह रहेको प्रहरी प्रवक्ता न्यौपानेले भन्नुभयो । साथै वर्कशपमा सो वस्तु ल्याउने कवाड पसल सञ्चालक भारतीय नागरिक राज जैसवाल र उनकी श्रीमती सुशीलादेवी जैसवाललाई भारत भाग्नेक्रममा पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभएको छ । घटनाबारे अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९ मा प्रकाशित

You can share this post!

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा   

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २ आइतवार २१:०४

दमौली (तनहुँ), २ वैशाख : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन...

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव   

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव   

वि.सं.२०८१ वैशाख २ आइतवार २१:०१

काठमाडौँ, २ वैशाख : विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै   

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै   

वि.सं.२०८१ वैशाख २ आइतवार २०:५७

काठमाडौँ, २ वैशाख : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार)...

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा   

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा   

वि.सं.२०८१ वैशाख २ आइतवार १९:४६

नयाँदिल्ली, २ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो...

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण   

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण   

वि.सं.२०८१ वैशाख २ आइतवार १८:०२

काठमाडौँ, २ वैशाख : अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन...

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख २ आइतवार १७:४०

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको...