back
NMB Ad

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले बताउनुभयो ।

विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक विद्यालय, जनचेतना प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय र जैमिनी प्राथमिक विद्यालयलाई ल्यापटप प्रदान गरिएको छ । वडा कार्यालयमा आयोजित एक समारोहमा नगर शिक्षा अधिकारी खेम आचार्यले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप हस्तान्तरण गराउनुभएको थियो ।

वडामै रहेका शान्ति माध्यमिक विद्यालय र पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयलाई भने अन्य कार्यक्रममा सहभागी गराइने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा प्राथमिक विद्यालयमा ल्यापटप वितरणका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार विनियोजन गरेको थियो । उहाँका अनुसार प्रतिल्यापटप रू ७० हजारका दरले खरिद गरिएको हो ।

“कम्तीमा प्राविधिक विषय प्रोजेक्टरका माध्यमबाट पढाउन सकियोस्, विद्यार्थीलाई शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न सकियोस् भन्ने हो”, वडाध्यक्ष आचार्यले भन्नुभयो, “यो सुरुआत हो, यसको नतिजाका आधारमा बाँकी कार्यक्रम बनाउँछौँ ।” सामाजिक विकासका क्षेत्रमा पूर्वाधार विकासमा भन्दा धेरै लगानी गर्ने वडाको योजना छ ।

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

११ जिल्लाबाट १७ अर्बभन्दा बढीको अवैध कारोबार गर्ने २१ जना पक्राउ

११ जिल्लाबाट १७ अर्बभन्दा बढीको अवैध कारोबार गर्ने २१ जना पक्राउ

वि.सं.२०८२ वैशाख १५ सोमवार १७:१७

काठमाडौं : देशभर ११ जिल्लामा फैलिएको ठूलो अवैध वित्तीय कारोबार...

थप ३१ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३१ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:५३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ग्रिन भेन्चर्स लिमिटेडको...

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४६

काठमाडौं । नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:१८

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...