back
NMB Ad

पूर्वसभामुख महरालाई अस्पतालमै राखिने, अदालतबाट भयो आदेश

Royal Enfield Inside Page Banner

काठमाडौँ : सुन प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ ।

कमजोर स्वास्थ्य अवस्थाका कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न दिएको आदेशका आधारमा उहाँलाई नर्भिक अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षा पहराका साथ उहाँलाई अस्पतालमा भर्ना गरिएको हो । महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो ।

नेता महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।

ती व्यक्तिसँग चिनजान र कुराकानी भएको स्वयं महराले स्वीकार गरे पनि तस्करीको विषयमा भने आफू अनभिज्ञ रहेको दावी गर्दै आउनुभएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उहाँमाथि अनुसन्धान गर्न सिफारिस गरेको र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको हो ।

यसअघि भने सिआइबीले उहाँलाई बयान कागज गराएर मात्रै छाडेको थियो । उक्त प्रक्रिया त्रुटिपूर्ण रहेको आरोगले औँल्याएको छ ।

वि.सं.२०८० चैत ६ मंगलवार ०६:३४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना

एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना

वि.सं.२०८१ माघ ९ बुधवार १७:४५

काठमाडौं : एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि...

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

वि.सं.२०८१ माघ ९ बुधवार १७:०३

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य...

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ ९ बुधवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...